![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
मुगु । यो बेला रारा क्षेत्र खुल्ला पशु चौपायाले भरिभराउ छ ।
पशु बस्तुले ताल क्षेत्रको हरियाली भर्खरै फुल्न लागेका फुलहरु खाएर कुल्चेर पुरै सखाप पारेका छन् । जसले गर्दा ताल वरिपरिको सुन्दरातामा ह्रास आउन थालेकाे हो ।
राष्ट्रिय निकुञ्ज त्यसमा पनि रामसार क्षेत्रमा पर्ने रारा क्षेत्र संरक्षित हुनु पर्नेमा वस्तुभाउको चरन क्षेत्रका रुपमा परिणत गरिदै लगिएको छ ।
राराताल वरिपरि यतिबेला सयौं पशु चौपाया भरिभराउ छन् । ताल आसपासमा पलाउन लागेको हरियो घाँस विभिन्न प्रजातिका फुलहरु पशु बस्तुले पुरै खाएर,कुल्चेर उजाड बनाएका छन ।
बैशाखको अन्तिमबाटै रारा आसपासमा बिस्तारै हरियाली छाउदै तालको सुन्दर्तामा थप आकर्षण थपिने गरेको थियो । बिगत केही बर्ष यता खुल्ला चरिचरन र छाडा पशु चौपाया सुन्दरताका बाधक बन्दै आएका छन् ।
छाडा पशु चौपायाको मलमुत्र र दिशा पिसाबले रारा तालमा पाइने बिश्वमै दुर्लभ असला माछा र अन्य जलचरको परजन्न र स्वास्थ्यमा समेत समस्या हुने जानकारहरुको भनाइ छ ।
हिउदमा वरिपरि सेताम्य हिउँ भएर रमणीय देखिने रारा बर्षा मा हरियाली र विभिन्न जातका रंगिबिरङ्गी फुलहरु फुलेर थप सुन्दर र रमणीय देखिने गर्दछ ।
जेठ महिनाको मध्य भैसक्दा पनि यो वर्ष रारामा कुनै हरियाली छाउन सकेको छैन । भने एउटा कुनै प्रजातिको फुल पनि फुल्न पाएको छैन । बरु भेडा, बाख्रा, घोडा, खच्चर र गाइ गोरुले ताल वरिपरिको फुलवारी हुने पाटनहरु भरिभराउ छन् ।
सरोकार वालाहरुले खुल्ला चरिचरन र छाडा चौपायालाई कुनै ब्यवस्थापन गर्न सकेका छैन्न । यस बिषयमा रारा राष्ट्रिय निकुञ्जले खासै ठोस कदम चाल्न सकेको देखिदैन ।
ताल वरिपरिका चौरहरु तल्लो मिलि, माथिलो मिलि, दोफ्या, ठाकुरज्युले लात्ती हान्ना, ओखरबोट लगायतका क्षेत्रमा खुल्ला चरिचरन र छाडा पशु चौपाया चरिरहेको देख्न सकिन्छ । यस बिषयमा रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख वरिष्ठ संरक्षक अधिकृत राजु घिमिरे सँग साेधपुछ गर्दा उहाँले अहिलेको मुख्य समस्या नै यहि खुल्ला चरिचरन र छाडा चौपाया भएको बताउनु भयाे । यसले तालको सौर्न्दर्यतालाइ ह्रास बनाएको उहाँकाे भनाइ थियाे । तत्काल यस बिषयमा छलफल गरि ब्यवस्थापन गरिने उहाँले बताउनु भयाे ।
रारामा खुल्ला चरिचरन र छाडा पशु चौपाया अहिलेको मुख्य समस्याको बिषय बनेको रारा मध्यवर्ती क्षेत्र बिकास समितिका अध्यक्ष बिष्णु बहादुर रावलले बताउनु भयो ।
उहाँले भन्नू भयो यतिबेला रारा वरिपरिका आधा दर्जन बढी चौरमा छाडा पशु चौपायाले ताल वरिपरि फोहोर गर्ने हरियाली नष्ट बनाउने तालमै पानी खाने समस्या उत्पन्न भएको छ ।
हिमाली राष्ट्रिय निकुञ्ज निवावली २०३६ मा मध्य्वर्ती छेत्र वरिपरिका उपभोक्ताले तोकिएको ठाउँमा चरिचरन् उपयोग गर्न पाउने ब्यवस्था भएपनि अत्याधिक छाडा पशु चौपाया नियन्त्रण र व्यवस्थापनमा संरक्षण गर्ने खटिएका रारा राष्ट्रिय निकुन्ज,नेपाली सेना र मध्यवर्ती समिती,इकाइहरु उदासिन हुँदै आएका छन् ।
पहिलो चरणमा ताल नजिकका ४ वटा मध्यवर्ती उपभोक्ता समुहलाइ बोलाइ तत्काल जनचेतना र सल्लाह सुझाव दिइने र त्यस्पछी अन्य ब्यवस्थापन तिर लाग्ने निमित्त संरक्षण अधिकृत घिमिरेले योजना सुनाउनु भयो ।
उहाका अनुसार यसको दीर्घकालीन समाधानका लागि सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट २ वटा हिमचितुवा ल्याएर रारा राष्ट्रिय निकुञ्जमा छोडेर खुल्ला चरिचरानको दीर्घकालीन समाधानको उपाय अपनाउने समेत योजना बनेको छ ।
रारा राष्ट्रिय निकुञ्ज भित्र हरेक पशु चौपाया प्रवेश गराउदा शुल्क तिरी पुर्जी काटेर मात्रै प्रवेश गराउन मिल्ने ब्यवस्था छ । जसमा भेडा प्रति वटाको १० रुपैयाँ, भैसीको ५०, घोडाको ९५ तिर्नु पर्ने ब्यवस्था भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका सूचना अधिकारी जयहरी धितालले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ अब ताल भित्र प्रवेश गर्ने चारवट प्रवेशद्वारमा कडीकडाउ गर्ने, हरेक पशु बस्तुलाइ बाहिर धपाउने, थुन्ने खोरको ब्यवस्था गर्ने, पशु पहिचान गरि मालिकलाइ दण्ड जरिवाना गराउने,जनचेतना जोगाउने र मध्यवर्तीका जनतासँग समन्वय गर्ने जस्ता उपाय अपनाएर छाडा तथा खुल्ला चरिचरनको दिर्घाकालिन समाधान गर्न तर्फ रारा राष्ट्रिय निकुन्ज कार्यालय लाग्छ ।
राराको प्राकृतिक सुन्दरतालाई जोगाइ राख्न २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरि रारामा रहेको छाप्रु गाउँ का करिब ४ सय घर परिवारलाई बाकेको चिसापानी सारिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच