प्रहरीले नागरिकको विश्वास जित्ने गरी कामगर्नु पर्छ महानिरीक्षक बसन्तबहादुर कुँवर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बैसाख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी कामगर्नु पर्ने बताउनु भएको छ । इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने र सोहीअनुसार आफुले काम गरिरहेको बताउनु भयो ।

जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधरण नागरिकहरुको जनजिवनलाई सरल सहज र सुक्षित बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनु भयो । ‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी कामगर्नु पर्छ ।

त्यसका लागि प्रहरी संघगठन प्रतिबद्ध छ ।’- उहाँले भन्नुभयोे ‘जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गदै सर्वसाधारण नागरिकहरुको जनजीवनलाई सरल सहज र सुक्षित गराउने दायित्व प्रहरीको हो । यो दायित्व पुरा गर्न हामी प्रतिबद्ध छौँ ।’

साथै महानिरीक्षक कुँवरले आमनागरिकको भरोसा र विश्वाासिलो संघठन भएकाले सबैले महसुश गर्ने किसिमको वातावरण बनाउनका लागि व्यवहारमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो ।

महानिरीक्षक कुँवरले भवनको उद्घाटन गरी भवनको अवलोकन समेत गर्नु भएको छ । कार्यक्रममा बुटवल उपहानगरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सैनामैनाका प्रमुख फडेन्द्र शर्मा, देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेल, प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारी र रुपन्देही प्रहरी प्रमुख भरतकुमार वि.क.लगायतको सहभागिता रहेको थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा २ करोड ४१ लाखमा लागतमा कार्यालय भवन, नागरिक सहायताकक्ष, प्रहरी ब्यारेक, कार्यालय प्रमुख निवास र मेशको निर्माण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?