![बरञ्जाको सात वर्ष पुरानो धुलेमेला](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/mela.jpg)
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवमा आयव्यय सार्वजनिक गरिएको छ । २०८० पुस १५ देखि २१ सम्म सञ्चालन भएको स्वर्ण जयन्ती महोत्सवमा ५३ लाख ८१ हजार चार सय ५० रुपैयाँ आम्दानी भएको छ । ३६ लाख ४५ हजार तीन सय सय नौ रुपैयाँ खर्च भएको र १७ लाख ३६ हजार एक सय ४१ रुपैयाँ बचत रहेको शनिबार आयोजित स्वर्ण जयन्ती महोत्सव २०८० को आयव्यय सार्वजनिक तथा पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।
स्वर्ण जयन्ती मूल समारोह समिति संयोजक तथा संविधानसभा सदस्य विक्रम खनालले आयव्यय सार्वजनिक गर्दै सामाजिक संघसंस्थाको विकासमा सम्पूर्ण राजनीतिक दल तथा बुद्धिजीवी एकमत भएर समाज विकासमा लाग्नुपर्ने बताउनुभयो । स्वर्ण महोत्सवमा सबै राजनीतिक दल र बुद्धिजीवी एक भएर लागेका कारण सफल भएको भन्दै उहाँले सामाजिक संघसंस्थाको विकासमा एकमतसाथ अघि बढ्न सके सफलता प्राप्त गर्न सकिने बताउनुभयो । खनालले भन्नुभयो, ‘स्वर्ण महोत्सवले अभिभावक र समुदायको दृष्टिकोण विद्यालयप्रति सकारात्मक भएको छ । राजनीतिक तथा सामाजिक सद्भाव बढेको छ, स्वर्ण महोत्सवले सबै पक्षलाई विद्यालयमा प्रवेश गराउने, मान सम्मान र सक्रियता बढाउनुका साथै मनोरञ्जन प्रदान गरेकाले विद्यालयप्रतिको अपनत्व महसुस भएको छ ।’ बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट-९ भुताहाको स्वर्ण जयन्ती महोत्सव अभिभावकको उल्लेखनीय सहभागितामा भव्यरूपमा सफल भएको बताउनुभयो । आगामी दिनमा अझै सबै पक्ष समेटेर अघि बढ्न विद्यालय परिवारलाई आग्रह गर्दै विद्यालयले विद्यार्थी संख्याभन्दा पनि शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । विद्यालयमा अभिभावकको चासो कम भइरहेको समयमा स्वर्ण महोत्सवले अभिभावकको चासो र चिन्तासहित आएका सल्लाह सुझावअनुसार विद्यालयको शैक्षिक गुणस्तर परिमार्जित गर्दै शैक्षिक कार्ययोजना बनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनुभएको छ । विद्यालय आर्थिक, भौतिक, सामाजिकरूपमा सवल बन्दै गएको भन्दै उहाँले शैक्षिक गुणस्तरमा जोड दिइने बताउनुभयो ।
स्वर्ण महोत्सवबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुनेगरी अक्षय कोषको व्यवस्था गरिने भएको छ । स्वर्ण महोत्सवबाट अक्षय कोषमा १३ लाख ४३ हजार एक सय ७२ रुपैयाँ संकलन भएको आर्थिक समिति संयोजक बालिन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारीले स्वर्ण महोत्सवदेखि अभिभावक मुस्कुराएर विद्यालय आउन थालेपछि शिक्षकहरू उत्साहसाथ अघि बढेको बताउनुभएको थियो । हाल १२ सम्म कक्षा सञ्चालनमा रहेको विद्यालयमा आठ सय ५० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच