काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक छुट्टाछुट्टै समयमा बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ ।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका थिए ।
यता राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
त्यसैगरी माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच