विराटनगर । विराटनगरमा भइरहेको प्रथम कोशी प्रदेश दिवारात्रि टी–१० क्रिकेट प्रतियोगिता शनिवार पुनः सुचारु भएको छ ।
यसअघि आयोजकले विवादस्पद विज्ञापन मैदानमा राखेको र हरेक टिममा चार विदेशी खेलाडी राखेर म्याच खेलाएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले आफूसँग अनुबन्धित खेलाडीलाई फिर्ता बोलाएपछि प्रतियोता रोकिएको थियो ।
आयोजकले विवादास्पद ‘वान एक्स ब्याट’को विज्ञापनसहित विदेशी खेलाडीलाई हटाएपछि प्रतियोगित शनिबारबाट पुन सुरु भएको हो ।
शनिबार भएको खेलमा एलिट क्लबविरुद्ध एनबीएससी लायन्सका खेलाडी सन्तोष कार्कीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । उनले सलन कामतको बलिङमा ६ बलमा ६ छक्का प्रहार गरे ।
१२ बलमा अर्धसतक प्रहार गरेका उनले १९ बलमा ७८ रन बनाएर आउट भए । कार्कीले १० छक्का र दुई चौका प्रहार गरेका थिए । उक्त खेलमा एनबीएससीले एलिट क्लबलाई १ सय ३३ रनले हराएर छ । जितसँगै ९ अंकसहित एनबीएससी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच