राजविराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैटौँ संस्करणअन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा कञ्चनरुप राइनोज विजयी हुँदा दोस्रो खेल भने वर्षाका कारण नतिजाविहीन भएको छ । सोमबारको पहिलो खेलमा कञ्चनरुप राइनोजले तिरहुट टाइगर्सलाई दुई रनले पराजित गर्यो ।
रोमाञ्चक खेलमा कञ्चनरुप राइनोजले दिएको १६८ रनको लक्ष्य पछ्याएको तिरहुट टाइगर्सले पूरै २० ओभर ब्याटिङ गरे तापनि १६५ रनमा सबै विकेट गुमाउन पुग्यो । अन्तिम तीन बलमा जितका लागि १७ रन आवश्यक हुँदा रुपेश सिंहले लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोड दिनुभएको थियो । तर, अन्तिम बलमा जित्न पाँच रन आवश्यक हुँदा उमेश चौधरीले दुई रनमात्र खर्चिंदा कञ्चनरुपले जित दर्ता गर्यो ।
तिरहुटका लागि रुपेश सिंहले १८ बलमा दुई चौका र तीन छक्काको मद्दतले ३३ रन बनाए तापनि जित्न पर्याप्त भएन । भोलाकुमार साहले ३२, अभिषेक कार्की र शंकर रानाले समान २४ रन योगदान दिनुभयो ।
कञ्चनरुपको बलिङमा राहुल मण्डलले सर्वाधिक तीन विकेट लिनुभयो । राशिद खानले दुई तथा दिनेश अधिकारी, चित्र विष्ट र उमेश चौधरीले एक÷एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कञ्चनरुप राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रन बनाएको थियो ।
कञ्चनरुपका लागि ओपनर राकेश कामतले अर्धशतकीय योगदान दिनुभयो । कामतले ४५ बलमा सात चौका र तीन छक्का प्रहार गर्नुभयो । शुभ कंसाकारले ३२, राशिद खानले २४ तथा कर्ण विकले १६ रन योगदान दिनुभयो ।
तिरुहुट टाइगर्सको बलिङमा रुपेश सिंह र बसिर अहमदले समान दुई विकेट लिनुभयो । अनिल यादव र दिपेश कँडेलले १/१ विकेट लिनुभयो ।
सोमबारको छिन्नमस्ता लायन्स र सनराइज एघार तिलाठी कोइलाडीबीचको दोस्रो खेल भने वर्षा र हावाहुरीका कारण प्रभावित भयो । जसकारण दुवै टिमले अंक बाँडेका छन् ।
छिन्नमस्ता लायन्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको सनराइज एघारले ३.३ ओभरमा तीन विकेट गुमाएर ३२ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि पुनः खेल सुचारु नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भएका हुन् ।
टस जितेर ब्याटिङ रोजेको छिन्नमस्ता लायन्सले २० ओभरमा सात विकेट क्षतिमा १९८ रन बनाएको थियो ।
छिन्नमस्ताका लागि मयन यादवले शतकीय योगदान दिनुभयो । उहाँले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गर्नुभयो । भीम सार्कीले २३ बलमा एक चौका र चार छक्का मद्दतले ४१ रन बनाउनुभयो । सनराइज एघारको बलिङमा विशाल सुश्लिङले तीन विकेट लिनुभयो ।
बलिङतर्फ छिन्नमस्ताका विशाल पटेलले दुई तथा मोहम्मद सोहेलले एक विकेट लिनुभएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच