काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१/०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गर्नुभएको छ । राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १२२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ ।
सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिनुभयो ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औल्याउनुभयो । सदस्य-सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच