सर्लाही । आज गठन भएको मधेश प्रदेशको मन्त्रिपरिषद्मा सर्लाहीबाट मात्रै तीन जना महिला मन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारमा पहिलो पटक सर्लाहीबाट यतिधेरै मन्त्री र त्यसमा पनि सबै महिला समावेश गरिएको हो ।
जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नेतृत्वको निवर्तमान प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री रहनुभएकी बेची लुङ्गेलीले आज जनमत पार्टीका सतिसकुमार सिंहको नेतृत्वमा गठन भएको सरकारमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
सर्लाहीको क्षेत्र नं १ 'ख'बाट निर्वाचित लालबन्दी नगरपालिका–७, निवासी प्रदेशसभा सदस्य लुङ्गेलीलाई उहाँको दल नेकपा एकीकृत समाजवादी पार्टीको भागमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय परेपछि सोही मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै मधेश प्रदेशसभामा एक मात्रै सिट रहेको नेपाल समाजवादी पार्टीकी प्रदेशसभा सदस्य विमला अन्सारीले गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । मलङ्गवा नगरपालिका–३, निवासी अन्सारी नेपाल समाजवादी पार्टीको मधेश प्रदेशसभामा एक्लो सांसद हुनुहुन्छ । उहाँ पार्टीले प्राप्त गरेको समानुपातिक मतका आधारमा प्रदेशसभा सदस्य बन्नुभएको हो ।
मधेश सरकारको गृहमन्त्रीमा नियुक्त अन्सारी सङ्घीय सरकारका पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको श्रीमती हुनुहुन्छ ।
त्यसैगरी मधेश प्रदेशसभामा एउटै मात्रै सिट रहेको नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य उर्मिला चौधरी पनि प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रीमा नियुक्त हुनुभएको छ । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी चौधरी मधेश प्रदेशसभामा समानुपातिक मतका आधारमा एक्लो प्रदेशसभा सदस्य बन्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री सिंहसहित सर्लाहीका तीन जना समेत गरी ११ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथग्रहण गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच