काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभएकाे छ ।
कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्याएको र बाचेकाहरू पनि माघको कठ्यांङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताउनुभएकाे हाे ।
'केही महिना यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक-पटकको भूकम्पले भौतिक र मानवीय क्षति पुर्याएको थियो । कठ्याङ्ग्रिदो जाडोमा प्रभावित क्षेत्रका जनता त्रिपाल मुनी भोकभोकै बस्न बाध्य छन् । विद्यालय भवन चर्किएका र भत्किएका कारण स्कुले विद्यार्थी हिउँले ढाकिएको मैदानमा पढ्न बाध्य छन् । तर, सरकारको ध्यान पुग्न सकेको छैन,' उहाँले भन्नुभयाे ।
जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उहाँको गुनासो छ । राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उहाँले बताउनुभयाे ।
'मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,' उहाँले भन्नुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको