यस्तो छ तपाईंको असार १४ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार १४ गते मंगलबार, ई.सं.- २८ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष औंशी, नक्षत्र- कृतिका, योग- गण्ड, करण- नाग, चन्द्रराशि- वृष, सूर्योदय : ५ः१२, सूर्यास्तः १९ः०२ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र शाख जोगाउन सकिने छ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?