चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी, कुन वडामा कस्ले जिते ?

Read Time = 5 mins

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित हुनु भयो । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी हुनुभयो ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गर्नुभयो । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका ६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो ।

उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी हुनु भयो। तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गर्नुभयो । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।

कालिका नगरपालिका(१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित हुनु भयो । स्याङ्तानले निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोम्जनलाई ५३ मतान्तरले पराजित गर्नुभयो । बोम्जनले ८४३ मत प्राप्त गर्नुभयो ।

कालिका २ मा एमालेको प्यानल नै विजयी भयो । वडाध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित हुनु भयो । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनप्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गर्नुभयो । दाहालले ९४९ मत ल्याएउनु भयो ।

कालिका ३ को अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङ एक हजार ५२ मत ल्याएर विजयी हुनु भयो । वडामा माओवादीको प्यानल नै विजयी भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत मात्रै प्राप्त गर्नुभयो ।

कालिका(४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठले ७६५ म ल्याएर निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी कांग्रेसका कोमलबहादुर श्रेष्ठ ६४० मत प्राप्त गनुभयो ।

कालिका ५ को अध्यक्षमा कांग्रेसका दिपक भट्टराई एक हजार ७६ मत ल्याएर निर्वाचित हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रुदल महतोले ९६३ मत मात्रै प्राप्त गर्नुभयो ।

कालिका ६ को अध्यक्षमा कांग्रेसका टीकाराम रेग्मी १६ सय २० मत ल्याएर निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण अधिकारीले १६ सय आठ मत ल्याउनु भयो।

कालिका ७ को अध्यक्षमा कांग्रेसका कमलराज मोक्तान १२ सय ७४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका भोजराम थपलियाले १२ सय ४० मत ल्याउनु भयो ।

कालिका ८ को अध्यक्षमा माओवादीका चित्रबहादुर मगर १२ सय ५१ मत ल्याएर विजयी हुनु भयो । निकटतम प्रतिस्पर्धी एमालेका युवराज गुरुङले १२ सय ४६ मत ल्याउनु भयो ।

कालिका ९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर विजयी हुनुभयो। उहाँले ९७२ मत ल्याएर विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार वीरबहादुर थापाले ९४८ मत प्राप्त गर्नुभयो ।

कालिका १० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गर्नुभयो ।

कालिका ११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याए पनि निर्वाचित हुन पर्याप्त भएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?