फिलिपिन्सको नयाँ राष्ट्रपतिमा फर्डिनाण्ड र उपराष्ट्रपतिमा रोड्रिगो निर्वाचित

Read Time = 3 mins

मनिला । फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । कठोर शासकका रूपमा चिनिनु भएका पूर्वराष्ट्रपति फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाउनुभएको थियो ।

दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उहाँहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मंगलबार विजयी हुनुभएको हो । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनुभएको र त्यो संख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा हुनुहुन्थ्यो । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरि मतदान भएको थियो । त्यस अन्तर्गत एक-एकजना राष्ट्रपति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरू र १७ सयभन्दा बढी अन्य स्थानीय प्रतिनिधि छन् । निर्वाचन आयोगका अनुसार मतदानका लागि देशभरि ३७ हजार २११ मतदान केन्द्र तय गरिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउनेसम्मका प्रतिबद्धता जनाउनुभएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायत विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।

पूर्वसिनेटर समेत रहनुभएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नुहुनेछ । अहिलेका राष्ट्रपतिको ६ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटना भएका छन् । फिलिपिन्सको राष्ट्रपति बन्न अरू आठजनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?