![राजधानीमा यौनिक तथा लैंगिक अल्पसंख्यकको ‘नेपाल प्राइड परेड’ (तस्वीर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/yunik-1.jpg)
वासिंटन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्नुभएका पूर्वअमेरिकी अन्तरिक्षयात्री विलियम एण्डर्सको ९० वर्षको उमेरमा शुक्रबार विमान दुर्घटनामा निधन भएको छ । एण्डर्सले सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिंटन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उहाँको छोराले अमेरिकी मिडियालाई बताउनुभयो । विमानमा एण्डर्स एक्लै हुनुहुन्थ्यो ।
सन् १९६८ डिसेम्बरमा अपोलो-८ मिसनका सदस्य एन्डर्स उहाँका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक हुनुहुन्थ्यो । चन्द्रमाको एउटा कक्षबाट एण्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिच्नुभएको थियो ।
‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविको राउण्डअपमा सूचीबद्ध गरिएको छ । र, लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्वीर’को सूचीमा समावेश गरिएको थियो ।‘सन् १९६८ मा अपोलो-८ को समयमा विलियम एन्डर्सले मानवतालाई अन्तरिक्षयात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो’, नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत भन्नुभयो ।
१९३३ अक्टोबर १७ मा हङ्कङमा जन्मिनुभएका एण्डर्सले अन्तरिक्षयात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि सम्बन्धित सरकारी पदहरू सम्हाल्नु भएको थियो । उहाँ विशेषगरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बन्नुभयो । त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतका रूपमा पनि सेवा गर्नुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच