चितवन । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहाको विकासको लागि सफारी पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ ।
रत्ननगर पर्यटन प्रर्वद्धन समितिले सौराहाको सफारी पर्यटनलाई केन्द्र विन्दु मानेर आवश्यक पूर्वाधार निर्माण र जिल्ला भित्रका सम्भावित गन्तव्यहरुसंग जोडेर सौराहाको पर्यटनलाई विकास गर्ने गरी ४१ बुँदे कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको हो । सौराहालाई मुख्य गन्तव्य स्थल मानेर माडी, भरपुर, इन्छाकामना, कालिका, खैरहनी र राप्ती नगरपालिकाका पर्यटकीय गन्तव्यहरुसंग जोडर सौराहाको पर्यटनको दायरा फराकिलो बनाउने गरी कार्ययोजना निर्माण गरिएको समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदा माथि विहीबार सौराहाका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुको सुझाब संकलन गर्न अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
कार्ययोजनामा सन २०२५ लाई सौराहा भ्रमणबर्षको रुपमा मनाउने, पर्यटन सुचना केन्द्र स्थापना गर्ने, सौराहालाई विशेष पर्यटन क्षेत्रको रुपमा घोषणा गर्न सरकारी पहल सुरु गर्ने, सौराहाको अस्थित्व जोगाउन ब्रान्डिङ गर्ने, पर्यटकको बसाई लम्ब्याउन निकुञ्जको टिकटको अबधिलाई तीन दिन बनाउने लगायतका विषयहरु समेटिएको छ । सौराहमा अगामी वर्ष हने अन्तराष्ट्रिय हात्ती महोत्सवका अवसर पारी सरकारबाट नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्ने र सोही समारोहमा चितवनलाई समेट्दै घुमौ सौराहको निरन्तरता स्वरुप परिवर्तन गर्दै सौराह भ्रमण वर्ष २०२५ घोषण गर्ने, भरतपुर विमानस्थलमा सुचनाका लागि पर्यटन प्रवद्र्धन सम्बन्धी बोसर, पम्प्लेट र श्रव्यदृष्य सामाग्री प्रसारण गर्ने मोनिटर समेतको व्यवस्थापन गर्ने, सौराहको बारकोड निर्माण गरी सुचना र जानकारीमुलक सामाग्री व्यवस्थापन तथा रत्ननगरको आकासे पुल लगायत राजमार्गमा आवश्यक पर्ने स्थानमा सौराह प्रवेश संकेत भएको आकर्षक लाईट सहितको सुचना पाटीको व्यवस्था मिलाउने योजनामा समबेश गरिएको छ ।
सौराहमा सुविधा सम्पन्न वसपार्कको सञ्चालनको लागि पहल गर्ने, निकुञ्ज हुँदै माडी पुग्ने करिडोर निर्माण गर्ने, पर्यटन सूचना केन्द्र सहित पर्यटन विकाश समिति स्थापना गर्ने, पर्यटकीय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय गर्ने, पर्यटकहरुलाई सौराह र सौराह आसपास तथा चितवनको बसाई लम्ब्याउने, चितवनमा थप नयाँ पर्यटकीय गन्तव्यहरुलाई पहिचान गरी प्रर्वद्धन गर्ने, राष्ट्रिय निकुन्ज भित्रको घासे मैदानहरु र ताल पोखरीहरुलाई थप व्यवस्थित गरी चरन क्षेत्रको व्यवस्थापन गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न बाटर फन पार्क, ओपन चिडियाखाना स्थापना गर्ने, हात्ती पिकनिक, हात्ती सुन्दरी प्रतियोगितासंगसंगै हात्तीपोलो, हात्ती फुटबल लगायतका हात्तीसंग सम्वन्धित खेलहरु खोज अनुसन्धान गरी विश्वमै उच्च स्तरीय हात्ती र मानवमैत्री वातावरण सजना गरी पर्यटन प्रवर्दन गर्ने, सौराहमा अन्तराष्ट्रिय स्तरकी गल्फ कोर्सको स्थापना गर्ने गरी योजना बनाइएको समितिका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो ।
सौराहाको पर्यटनसंग कृष्णसार संरक्षित क्षेत्र, हरियाली पार्क, लौरीघोल र धार्मिक पर्यटीय स्थलहरु जोड्ने र खेल पर्यटनको विकासको लागि टिकौलीमा रंगशाला निर्माणको लागि सरकारी पहल सुरु गर्ने उल्लेख गरिएको छ । सौराहलाई केन्द्रविन्दु बनाएर पूर्वी चितवनका पालिकामा महत्वपूर्ण र सम्भावित पर्यटकीय गन्तव्यहरुलाई जोडी पर्यटनमैत्री पूर्वाधारहरु रिङरोड, लिंकरोड, साइकिलिङ रोड, फुटपाथ, ग्रिनरी, लाईटिङ, विश्राम स्थल, पार्कहरु पूर्वी चितवनलाई वातावरणमैत्री पर्यटकीय सहर बनाउन रत्ननगर सहित अन्य पालिकाहरुसंग समन्वय गरी गुरुयोजना तयार गरी सरकारका विभिन्न निकायहरुसंग पहल गर्ने कार्ययोजनामा जनाइएको छ । औद्योगिक मार्ग निर्माण गरी शक्तिखोरमा बन्दै गरेको अन्तराष्ट्रिय औद्योगिक पार्कसंग सौराहालाई जोड्न पहल गर्ने, सौराहबाट जिप सफारी र जल सफारी मार्फत पर्सा राष्ट्रिय निकुञ्ज र भरतपुर महानगरको जगतपुर, मेघौली गोलाघाट हुँदै नाडी नगरपालिकाको त्रिवेणी ग्राम ऐतिहासिक वाल्मिकी आश्रमसम्म पर्यटकीय गतिविधि बढाउने समितिका अध्यक्ष दुवाडीले बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकास पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी, रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, टिकौली वनका अध्यक्ष बुद्धिसेन चौधरी, क्षेत्रीय होटल संघका पूर्व अध्यक्षहरु गिरिधारी चौधरी, शंकर सैँजू, व्यवसायीहरु ऋषि तिवारी, गोकर्ण गिरी, पुरुषोत्तम श्रेष्ठ, रामेश्वर शाह लगायतले मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच