![मधेसी दलको टुटफुटको अन्तर्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Lalit-Kumar-Yadav-Hita-Article.jpg)
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कर्मचारी संयन्त्रबाट प्रदान गरिने सेवा प्रवाहमा आमनागरिक सन्तुष्ट हुन नसकिरहेको भन्दै छिटो, छरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी सगंठनद्वारा आयोजित संघीयतामा भूमि प्रशासन र सहकारीको वर्तमान अवस्था, चुनौती, समस्या र समाधानका उपाय विषयकः कार्यपत्र प्रस्तुति कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
देशको व्यवस्था परिवर्तनमा राजनीतिक दलले सफलता प्राप्त गरेकाले अब जनताको अवस्था परिवर्तनका लागि सरकारी कर्मचारी र राजनीतिक नेतृत्व मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । जनताले तिरेको करबाट सरकारले आफ्नो आर्थिक, प्रशासनिक र विकास निर्माणका काम गर्ने भएकाले जनता नै असन्तुष्ट भएमा र समयमै सेवा प्राप्त नगरेमा व्यवस्था परिवर्तनको कुनै अर्थ नहुने पनि मन्त्री अधिकारीले बताउनुभयो । मालपोत कार्यालय, नापी कार्यालय तथा सहकारी विभाग र सो मातहतका कार्यालयमा जनगुनासो बढी हुने भएकाले सुशासन कायम गर्दै छिटो छरितो सेवा प्रवाह गर्न उहाँले कर्मचारीलाइ निर्देशन दिनुभयो ।
करिब दुर्ई सय कर्मचारीको उपस्थिति रहेको सो कार्यक्रममा मन्त्री अधिकारीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र नराम्रो गर्ने दण्ड सजायको भागीदार हुनुपर्ने कुरामा सचेतसमेत गराउनुभयो । कर्मचारी संगठनका अगुवा नेताहरूले समेत कर्मचारी प्रशासनको असल पहिचान निर्माण गर्ने गरी अघि बढ्नुपर्ने बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच