दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर एक बाट शैलुङ गाउँपालिका आठ हुँदै मेलुङ गाउँपालिका वडा नम्बर ३ को खुन्दु्रके पुग्ने सत्यश्वरमावि–थालडाँडा–खुन्द्रुके सडक खण्डको स्तरोन्नति गरिएको छ । बागमती प्रदेशसरकार तथा मेलुङ गाउँपालिकाको लगानीमा सो सडकको स्तरोन्नति गरिएको हो ।
मेलुङ गाउँपालिकाको दुर्गम स्थान खुन्द्रुकेका स्थानीयको सुविधालाई ध्यानमा राख्दै सडकको स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताउनु भयो । बागमती प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको समेत लगानीमा सो सडकको केही भागको ट्रयाक खोल्ने तथा अप्ठ्यारा स्थानहरुमा सोलिङ गर्ने लगायतका काम चालु आर्थिक वर्षमा सम्पन्न भएको उहाँको भनाई रहेको छ । आगामी आर्थिक वर्षहरुमा पनि श्रोत र साधनले भ्याएसम्म सडक स्तरोन्नतिगर्ने कार्यलाई अगाडि बढाई वर्षा याममा समेतं यातायातका साधन चल्ने गरी पालिका भित्रका सडकको स्तरोन्नति गर्ने कार्य जारी रहने अध्यक्ष थोकरले बताउनु भयो ।
बागमती प्रदेश सरकारको २५ लाख तथा गाउँपालिकाको ८ लाख रुपैँयाकाे लागतमा सडकको स्तरोन्नति तथा नयाँ ट्रयाक समेत खोलिएको मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले जानकरी दिनुभयो । स्तरोन्नति अन्गर्तत सडक फराक बनाउने, आवश्यक ठाउँमा ह्युमपाइप राख्ने ग्याविङ वाल लगाउने तथा वर्षातको समयमा सवारी साधन आवजावत गर्न अप्ठ्यारो हुने ठाउँहरुमा सोलिङ. गर्ने काम गरिएको गाउँपालिकाका इञ्जिनीयर सुमन नेपालले जानकारी दिनुभयो । सो सडकमा कुल १२ सय घन मिटर सोलीङ, खोला खोल्सीहरुमा ह्युमपाइप विच्छाउने तथा ३ किलो मिटर ट्रयाक खोल्ने तथा साघुरो ठाउँमा बाटो फराक बनाउने काम सम्पन्न भएको उहाँको भनाई रहेको छ ।
सडक स्तरोन्नतिको काम उपभोक्ता समिति मार्फत भएको तथा कामको गुणस्तरीयता कायम गर्न गाउँपालिकाबाट निरन्तर अनुगमन कार्य भएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले जानकारी बताउनु भयो ।
सोलिङको काममा कतिपय स्थानमा भने गुणस्तरीय ढुंगाको अभावकाकारण काममा केही समस्या भएपनि उपभोक्ताले उत्साहपूर्वक काम गरेको आफूले पाएको उहाँको भनाई छ । गाउँपालिका भित्र पर्याप्त मात्रामा सडक ट्रयाक खोल्ने काम भइसकेकोले आगामी दिनहरुमा सडक स्तरोन्नतितर्फ गाउँपालिकाको ध्यान जाने तथा वर्षा याममा समेत निर्वाधरुमा सवारी साधन चल्ने सडक बनाउने योजना रहेको मेलुङ गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच