![ऊर्जा विकास कार्यालय जुम्लाको अनियमितता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Urja-bikash-karyalaya-jumla-ko-badmasi-surkhet.jpg)
काठमाडौं । एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको विषयलाई लिएर बहस सुरु भएको छ । अध्यक्षमा माधवकुमार नेपाल दोहोरिने चाहना राख्दै हुनुहुन्छ भने सम्मानित नेता झलनाथ खनाल नेतृत्वका लागि इच्छुक देखिनुभएको छ । यी दुईबीच नेतृत्वको लागि प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा महासचिव घनश्याम भुसालको पनि अध्यक्ष पदका लागि चर्चा भइरहेको छ । नेतृत्वमा रहिरहन नेपाल, पुग्न खनाल र भुसालले आ-आफ्नै किसिमको तयारी गर्नुभएको छ ।
एमालेबाट अलग भएको तीन वर्ष पुग्नै लाग्दा यही असार १६ देखि २० गतेसम्म हुन लागेको महाधिवेशनबाट चुनिने नेतृत्वको लागि नेताहरू यतिबेला आन्तरिक छलफलमा छन् । यसअघि दुईपटक मिति सरिसकेकाले तेस्रोपटक तोकिएकै समयमा महाधिवेशन गर्ने शीर्ष नेताले दाबी गर्दै आएका छन् ।
एमालेबाट विभाजन भएपछिको पहिलो महाधिवेशनबाट अध्यक्षमा दोहोरिने दाउमा नेपाल हुनुहुन्छ भने तीन वर्षमा पनि पार्टी फुटको औचित्य पुष्टि हुनेगरी नीति, कार्यक्रम, कार्यदिशा र सिद्धान्त अगाडि नसारेको भन्दै सम्मानित नेता खनालले यसपटक दबाब बढाउन खोजेको बुझिएको छ ।
महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले आ-आफ्ना गुटका भेला थालेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरू खनाल र नेपालका पक्षमा खुलेर लाग्न थालेका छन् । गंगालाल तुलाधर र जगन्नाथ खतिवडा अध्यक्ष नेपालको पक्षमा खुल्नुभएको छ भने जयन्ती राई, घनेन्द्र बस्नेत, धर्मनाथ साह, प्रकाश ज्वाला, विजय पौडेल लगायतका नेताहरू सम्मानित नेता खनालको पक्षमा देखिनुभएको छ ।
कुनै मतभेद छैन : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ । पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्ताबेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गर्नुभयो । उहाँले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आहृवान गर्नुभएको थियो । अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहमतिमा नेतृत्व निर्माण : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कमरेडहरूले भनेजस्तै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर, सहमति भनेको के हो त ? केमा आधारित हुन्छ ? यसो टाउको जोडेर हुन्छ कि ? अंकमाल गरौँ कमरेड भनेर हुन्छ कि ? केले हाम्रो एकता गर्छ ?’
उहाँले वैचारिक राजनीतिक कार्यदिशा नीति, सिद्धान्तका आधारमा नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभयो । सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो ।
देशैभरबाट प्रतिनिधि छनोट
नेकपा एसले महाधिवेशनका लागि असार ५ गते सम्ममा देशैभरबाट प्रतिनिधि छनोट गरिसक्ने लक्ष्य लिएको छ । समाजवादीमा १२५ जिल्ला सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छानिनेछन् । यसरी प्रतिनिधि छान्दा महिला र दलितलाई प्राथमिकता राखिने पार्टीले जनाएको छ । प्रतिवेदन र प्रतिनिधि छनोटको मुख्य कामपछि महाधिवेशनको तयारी र व्यवस्थापनमा लाग्ने पार्टीको तयारी छ ।
नेकपा एसले प्रचार प्रसार, अतिथि सत्कार, अर्थ परिचालन, संस्कृति तथा कला साहित्य, स्वास्थ्य व्यवस्थापन, खाद्य व्यवस्थापन सहितका कमिटी बनाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि पार्टी पंक्तिमा पठाइएको छ । संगठित पार्टी सदस्यता अर्थात् महाधिवेशनका प्रतिनिधि छनोट गर्ने मतदाता नामावली तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
उक्त नामावली यथाशीघ्र सम्बन्धित जिल्ला कमिटी, निकाय र क्षेत्रमा पठाइनेछ । विभिन्न क्षेत्रबाट निर्वाचित हुने÷प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको निर्वाचन क्षेत्र, अनुपात र संख्या दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दा भूगोलका संघीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेश अन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १२५ संगठित पार्टी सदस्य बराबर एक प्रतिनिधिका दरले प्रतिनिधि छनोट गर्ने तर शेष भागमा थप संख्या आउनका निम्ति कुल सदस्य संख्यालाई १२५ ले भाग गर्दा कम्तीमा प्वाइन्ट पाँच रहेको हुनुपर्ने पार्टीले निर्णय गरेको छ ।
प्रतिनिधि निर्वाचनका लागि प्रदेश इञ्चार्ज, सहइञ्चार्जहरू तथा अध्यक्ष, जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरू, जनसंगठनका इञ्चार्ज तथा सहइञ्चार्जहरू, केन्द्रीय विभागका प्रमुखहरू र केन्द्रीय कार्यालय सचिवले आ-आफ्नो कार्यक्षेत्रका निर्वाचनको अनुगमन गर्ने एसले जनाएको छ । पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरूले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न नहुँदासम्म सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्ने । अन्य कुनै पनि गतिविधिहरू सञ्चालन नगर्ने निर्णय गरेको छ ।
एक हजार ७७८ को सहभागिता
नेकपा एसले महाधिवेशनमा एक हजार ७७८ जना प्रतिनिधि सहभागी हुने जनाएको छ । जसमध्ये ३४६ जना केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका पदाधिकारी र सदस्य गरी ४५० जना स्वतः प्रतिनिधि चयन हुनेछन् । यीबाहेक एक हजार ३२८ जना निर्वाचित भएर आउनेछन्, जसमध्ये कोशी प्रदेशबाट १४३, मधेश प्रदेशबाट २९६, बागमती प्रदेशबाट २०५, गण्डकी प्रदेशबाट ७०, लुम्बिनी प्रदेशबाट १३०, कर्णाली प्रदेशबाट १७१ जना प्रतिनिधि निर्वाचित हुनेछन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट १४२, उपत्यका प्रदेशबाट २३, सम्पर्क प्रदेशबाट २२, भारत प्रवासबाट आठ, अन्य प्रवासबाट १५, मजदुर विशेष आरक्षणबाट २०, विभाग तथा फाँटबाट ३२ र महासंघबाट ८५ जना प्रतिनिधि चुनिनेछन् । त्यस्तै, जनसंगठनबाट ५६, परिषद् तथा ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सल्लाहकारबाट १० जना प्रतिनिधि चयन हुनेछन् । त्यसमा महिला ४२५, दलित १५० र खुला एक हजार ३०३ जना हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच