![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
वीरगञ्ज । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउन योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले १० औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय वाणिज्य दुतावासले बुधवार जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको योग शिविरमा बोल्दै योग मानव जीवनका लागि आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालको हिमालय क्षेत्रमा वैदिक कालदेखि नै ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्दै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताउनु भयो । प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको जानकारी दिँदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताउनु भयो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले युवासहित सबै वर्गका व्यक्ति स्वस्थ्य भए मात्र राष्ट्र स्वस्थ हुने र मुलुक समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनमा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठूलो महत्व रहेको बताउनु भयो ।
नेपालको वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउनका लागि प्रश्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभर नै योग दिवस मनाउन थालिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच