झापा । आँप टिप्न रुख चढेका एक युवाको लडेर मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय सन्तोष गुरुङको आज आँपको रुखबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
ताप्लेजुङ स्थायी घर भएका गुरुङ केही वर्ष अघिदेखि बिर्तामोड नगरपालिका-६ स्यालडाँगीमा बस्दै आएको छिमेकी प्रतिमा रायमाझीले बताउनुभयो ।
गुरुङको तीन वर्षीय एक सन्तान र श्रीमती छन् । घर धनीले धेरै आँप भएको रुखमा चढ्न आग्रह गरेपनि सन्तोष थोरै आँप भएको रुखमा चढेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी रुख चढ्नासाथ लडेको जनाइएको छ ।
बिर्तामोड-६ वडा कार्यालयको कर्मचारीसमेत रहनु भएको रायमाझीले गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच