नेपालका आकाश चन्द हाबी हुँदा अफगानिस्तान दबाबमा, गुमायाे पाँच विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यू १९ विश्वकप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालका आकाश चन्द एक्लैले चार विकेट लिएका छन् ।

अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले यो समाचार तयार पाँच विकेट हात पार्दै ३४ रन खर्चिएको छ । अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् ।

इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानविरुद्ध नेपाली बलरले सुरुवातदेखि नै घातक बलिङ गरेका छन् ।

गुल्सन झाले पहिलो ओभरमा विकेट लिए भने दोस्रो ओभरमा आकाश चन्दले दोस्रो विकेट लिए । आकाशले खेलको छैटौँ ओभरमा पनि विकेट लिएका छन् ।

आकाशले नै ८ औँ ओभरमा आफ्नो तेस्रो र टिमका लागि चौथो विकेट लिएका छन् ।

नेपालले अहिलेसम्म दुई फास्ट बलर मात्र प्रयोग गरिरहेको छ भने अफ्गानिस्तान दबाबमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?