![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । राष्ट्रिय सभामा (नेकपा माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको शुरुवात गर्नुपर्ने बताउनु भयो ।
देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको बताउनु भयो । उहाँले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लोडसेडिङ अन्त्य, समयमै पुस्तक विद्यार्थीको हातमा पुग्ने कुराको उत्खनन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? चाहे नेता होस्, चाहे कर्मचारी होस् । जसको दिमाग नै पैसा कमाउने, व्रह्मलुट गर्नेमा मात्रै हुन्छ ? त्यसले कसरी देशको सेवा गर्नसक्छ ? त्यसले कसरी जनताको सेवा गर्नसक्छ । यो गम्भीर विषय हो । त्यसैगरी यो सरकारले धेरै राम्रो काम गरेको छ । कुनैदिन १८ घण्टाको लोडसेडिङ थियो, हामी जतिखेर युद्धबाट शान्ति प्रक्रियामा आएका थियौँ, त्यो बेलामा । लोडसेडिङको अन्त्य भयो । त्यो पनि भ्रष्टाचारले गर्दा भएको थियो । आज किन हुँदैन, धेरै बिजुली त आज पनि कहाँ छ र ? यो विषयको उत्खनन गर्नुपर्छ । किताव पनि विगतमा समयमा विद्यार्थीले पढ्न पाउँदैन थिए, आज कसरी समयमौ विद्यार्थीले पुस्तक पाएका छन्, यसको बारेमा अध्ययन हुनुपर्छ । आयल निगम आज कसरी नाफामा छ र कसरी हिजो घाटामा थियो, त्यसको बारेमा पनि अध्ययन हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको शुरुवात गर्नुपर्छ । पुरानै तरिकाले सत्ता चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य हो ।’
उहाँले व्रह्मलुट गर्नेमा मात्रै ध्यान हुने कर्मचारीले देशको सेवा गर्न नसक्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच