फिफा वरीयतामा खस्कियो नेपाल, विश्व नम्बर एकमा ब्राजिल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठस्थान खस्किँदै १७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६८औं स्थानमा थियो ।

नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २-०, कुवेतसँग ४-१ र इन्डोनेसियासँग ७-० गोलले पराजित भएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स छन् । भारत १०४औं र माल्दिभ्स १५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९६औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इंग्ल्याण्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?