![भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/India-Srilanka1.jpg)
बेजिङ । चीनको चन्द्रयान पहिलोपटक चन्द्रमाको टाढापट्टिको हिस्साबाट नमुना लिएर पृथ्वीमा फर्केको छ । चाङ ई ६ दुई महिना लामो मिसनपछि भित्री मंगोलियामा मंगलबार अवतरण गरेको हो । यो मिसनलाई निकै जोखिमपूर्ण मानिएको थियो । वैज्ञानिकहरू चाङ ईले लिएर आउने नमुनाको प्रतीक्षामा थिए । किनकि त्यसले चन्द्रमाको बनोटबारे महत्वपूर्ण प्रश्नका जवाफ दिन सक्छ ।
पृथ्वीबाट सधैं विमुख रहने चन्द्रमाको सो हिस्सामा अवतरण गर्ने चीन पहिलो र एकमात्र मुलुक हो । यसअघि २०१९ मा पनि चिनियाँ यान सो हिस्सामा अवतरण भएको थियो ।
पृथ्वीबाट विमुख रहने चन्द्रमाको त्यो भागमा अवतरण गर्न दूरीका कारण चुनौतीपूर्ण छ । त्यस्तै सो भागमा ठुल्ठूला खोँच र सम्म भाग कम भएकाले पनि यहाँ चन्द्र अभियान चलाउन कठिन मानिन्छ ।
यो चुनौतीपूर्ण सफलता हात पारेकाले चीन आफ्नो चन्द्रअभियानमा गर्व गर्ने गर्छ । राष्ट्रपति सि चिनफिङले यो अभियान टोलीलाई बधाई दिनुभएको छ । चाङ ई ६ मेको सुरुमा प्रक्षेपण गरिएको थियो । केही सातापछि यो चन्द्रमामा अवतरण गरेको थियो । यो मिसन ५३ दिन चलेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच