यस्तो छ तपाईंको फागुन ६ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन ६ गते शनिबार, ई.सं १८ फेब्रुअरी, २०२३ । तिथि– फाल्गुन कृष्णपक्ष त्रयोदशी, नक्षत्र– उत्तराषाढा, योग– व्यतीपात, करण–गर, चन्द्रराशि– मकर, सूर्योदयः ६ः४१, सूर्यास्तः १७ः५६ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउँलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट : हतारको निर्णयले काम बिग्रनेछ ।

सिंह : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : सुखद समाचारले उत्साह जगाउनेछ ।

मीन : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?