![फिल्मी शैलीमा अपराध](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Film-style-crime-Two-crores-were-stolen-from-nephews-house-in-uncles-plan-Hita-fornt-page.jpg)
झापा । झापा मेचीनगर नगरपालिका १४ को फुलवासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको चारआली प्रहरीले जनाएको छ । घर बाहिर खेल्दै गरेका रिहान एकाएक हराएका थिए ।
खोज्ने क्रममा रिहानको शव स्थानीयले फुलबासा खोलामा तैरिरहेको अवस्थामा देखेका थिए । रिहानलाई खोलामा देखेर स्थानीयले बामरा परिवारलाई खबर गरेका थिए । उद्दार गर्दा रिहानको मृत्यु भइसकेको थियो।
घटना स्थल मगमग चाउचाउ फ्याक्ट्री पछाडि रहेको प्रहरीले जनाएको छ । रिहान खेल्ने क्रममा त्यहाँ पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
![सक्रिय बन्दै मनसुन, चार प्रदेशमा मुसलधारे वर्षाको सम्भावना](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/pani-pareo.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच