काठमाडौं । दुईदिने सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता काठमाडौंको टोखा नगरपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा महिला खुला च्याम्पियनसिपतर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो, लेमंग मगर तेस्रो हुनुभएको छ । पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो हुनुभयो ।
यस्तै, सिनियर पुरुष च्याम्पियनसिपतर्फ प्रथम वसन्त राई, शरद राई दोस्रो र पेन्थेलिन शेर्पा तेस्रो हुनुभयो । सबै विधामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले बताउनुभयो ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका थिए । ती खेलाडीलाई खुला सिनियर पुरुष, खुला जुनियर पुरुष, खुला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विधामा खेलाइएकोे थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच