काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘बाँटोहुँदै खुरकोट’ सार्वजनिक भएको छ । सारिका घिमिरे एवं प्रितम आचार्यको स्वर, आदेश गुरुमाछनेको संगीत र विष्णु मान्नधरको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजयराज भुजेलको निर्देशन एवं सम्पादन रहेको गीतको भिडियोमा पुष्प खडका र ऋचा थापालाई फिचरिङ गरिएको छ । डान्सिङविटको सार्वजनिक गीतमा आफूले मन पराएको मान्छेलाई काठमाडौंबाट पूर्वतर्फ जाने सुन्दर र रमणीय बाटो खुरकोटको बाटो भागेर जान आग्रह गरिएको छ । सन्तोष तामाङको डिओपी रहेको गीतको भिडियो गीतकार वान्तुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्र्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान...’ लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै ‘बाँटोहुँदै खुरकोट’ले पनि श्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गीतकार वान्तुले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच