‘गणपति’को टिजर रिलिज

Read Time = 1 min

काठमाडौं । २०८० जेठ ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । आस्थाको रूपमा रहनुभएका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको टिजरमा प्रमुख कलाकारलाई देखाइएको छ ।

टिजरमा एक व्यक्तिको अस्वभाविक जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढाबलाई देखाइएको निर्माण पक्षले जनाएको छ । बच्चा जन्मेपछि खुशी मनाउँदै भजनकृतन गरिएको टिजरमा बाल्यकालको प्रेम र युवाअवस्थाको आक्रोश पनि देख्न सकिन्छ ।

सबिन अधिकारीको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?