काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू-१८ युथ लिग हुने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने जनाइएको छ । सहभागी टिमबीच डबल राउण्ड रोबिनका आधारमा खेलहरू खेलाइने एन्फाले जनाएको छ । क्लबहरूसँगको पटक-पटक छलफलपछि प्रतियोगिताको मिति तय गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगितामा एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच