![साँझ परेपछि बालेनले लेखे ओलीलाई सम्बोधन गरेर कडा स्टाटस](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Balenshah.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो ।
सहमति अनुसार सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेको एमाले निकट स्रोतले बताएको छ । त्यसपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने सहमतिमा उल्लेख छ ।
ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ । भने कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय परेको छ ।
सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकार बनाउने छ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच