सोल । सन् २००२ को विश्वकपका एक स्टार खेलाडी होङ म्युङ-बोलाई दोस्रोपटक दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । होङले जर्गेन क्लिन्सम्यानको स्थान लिनुभएको हो । ब्राजिल विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि जुलाई २०१४ मा होङले राजीनामा दिनुभएको थियो । यसअघि उहाँले कोरियाली टोली एक वर्ष सम्हाल्नुभएको थियो ।
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाली टोलीका उहाँ कप्तान हुनुहुन्थ्यो । सन् २०२२ र २०२३ मा लगातार के–लिग च्याम्पियन टोलीको नेतृत्व गर्नुभएका ५५ वर्षीय होङले उल्सान एचडी छोड्नुहुनेछ । एसियन कपमा कोरियाले निराशाजनक प्रदर्शन गरेपछि क्लिन्सम्यानलाई गत फेब्रुअरीमा बर्खास्त गरिएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच