एकीकृत समाजवादीका नेता र सीपीसी विदेश प्रमुख लिउबीच भेटवार्ता

Read Time = 3 mins

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएकाे छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितका नेताहरु र लिउ जियान्चिओबीच भेटवार्ता भएको हो । मंगलवार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनु भयो ।

उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनु भयो ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गिय संगठनका बारेमा पनि कुरा भएको बताउनु भयो ।
उहाँले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताउनु भयो ।

अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरु सँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गर्नुभयो । लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिव्पक्ष बीचको भेटवार्ता फलदायी भएको बताउनु भयो ।

अध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राख्नुभएको बताउनु भयो ।

उहाँले चिनियाँ पक्षले राखेको सुरक्षा चासोको बारेमा स्पष्ट गर्ने काम भएको बताउनु भयो । गत आईतवार ४ दिने नेपाल भ्रमणमा आउनुभएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ । विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?