सुकुम्बासी बस्तीलाई लिएर मेयर बालेन र प्रधानमन्त्री देउवाबीच भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गर्नुभएको हो । मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनुसार अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ।

‘सरकारले महानगरलाई अहिलेसम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफैँ अग्रसरता देखाउँदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरू र सम्बद्ध निकाय किन मौन ? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्रीलाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर सार्वजनिक गर्दै स्वकिय सचिव भूपदेव शाहले लेख्नुभएको छ ।

हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।

महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए । बस्ती हटाउनेबारे छलफल गरेर निर्णय लिइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?