काठमाडौं । फ्रान्सको पेरिसमा आजदेखि ३३औं ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । आज (शुक्रबार)देखि सुरु भएको प्रतियोगिता देखि २७ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने हुनुभएको छ ।
गतसाता नै पेरिसमा पुग्नुभएकी गागाले समारोहमा प्रस्तुति दिने बताइएको छ । हलिउड रिपोर्टर म्यागजिनले गागाको प्रस्तुतिलाई लिएर बिहीबार समाचार लेखेको छ । ‘स्वालो’ गायिकाले अन्य चर्चित गायिका सेलिन डियोन, दुआ लिपा, एरियाना ग्राण्डे, फ्रान्सेली गायक अया नाकामुरा लगायतसँग पेरिसको सेइन नदीमा आयोजना हुने समारोहमा प्रस्तुति दिने जनाइएको छ । धेरै कलाकारको प्रस्तुतिको लाइनअपलाई अहिले गोप्य राखिएको छ ।
ग्रामी तथा ओस्कार पुरस्कार विजेता कलाकार गागा पछिल्लो समय प्रतीक्षित हलिउड फिल्म ‘जोकर : फोली ए ड्युक्स’को छायांकनमा व्यस्त हुनुहुन्छ । पेरिस ओलम्पिकको उद्घाटन समारोह नेपाली समयानुसार आज (शुक्रबार) राति सवा ११ बजेदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता छन्, जसमा टेबल टेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।
प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने हुनुभएको छ । प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन भएको होे । ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ ।
ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान हुनुहुन्छ । सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औं संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्णरूपमा तयारी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच