
धनगढी । धनगढीस्थित एसपिए कलेजले हालै सम्पन्न ट्वान्टी-२० पुरुष विश्वकपमा नेपाली क्रिकेटरले गरेको प्रदर्शनमा तीन हजार ४७० बिरुवा रोपेको छ । शुक्रबार कलेजले हरेक रनमा १० र विपक्षी टिमविरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्वघोषणाअनुरूप त्यति बिरुवा रोपेको हो । कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘ग्रिन क्लिन धनगढी’सँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाको हरित धनगढी कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यका साथ शारदा मावि बैयाबेहेडीले धनगढी-२ स्थित नल्काघाटमा उपलब्ध गराएको जग्गामा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा राष्ट्रिय यू-१९ टोलीका पूर्वकप्तान राजु रिजाल, धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझा, कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय, यू-१९ का विश्वकप टोलीका विपिन रावल, नेपाल ‘ए’ टिमका नारायण जोशी, यू-१९ टिमका सदस्य वसन्त सिंह, पूर्व सुदूरपश्चिम क्रिकेट टोलीका भोजराज भट्ट, पूर्वसदस्य विजय रानालगायतको उपस्थिति रहेको थियो ।
अमेरिका र वेस्ट इण्डिजमा सम्पन्न टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनका आधारमा वृक्षारोपण गर्ने घोषणा गरेको एसपिए कलेजले वातावरण संरक्षणमा दुईपटक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच