झापा । बिर्तामोडको मुक्तिचोक नजिक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । प्र १०१ - ०१३ प ५७०० नम्बरको मोटरसाइकललाई प्र १०२- ००२ ख ००३५ नम्बरको बसले ठक्कर दिँदा इलाम माईनगरपालिका-४ गैरीगाउँकी ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु भएको हो ।
पश्चिम तर्फ जाँदै गरेक मोटरसाइकललाई राजमार्ग क्रस गर्ने क्रममा सो बसले ठक्कर दिएको थियो । पाँचकोटी सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदीले हाँकेको मोटरसाइकलको पछाडि बसेकी थिइन् । मोटरसाइकल चालक सुवेदी सकुशल छन् । हिजो साँझ बसले ठक्कर दिएकी पाँचकोटीको बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
बस चालक झापा कनकाई नगरपालिका-३ का २९ वर्षीय हिमाल बिक र मोटरसाइकल चालक सुवेदी समेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच