काठमाडौं । बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबारदेखि बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
होङ्सीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत् भार (लोड) स्वीकृत लिएको छ ।
होङ्सीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत् भार (लोड) स्वीकृत लिएको छ । सोमध्ये हाल दैनिकरूपमा १० मेगावाट लोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिकरूपमा सात/आठ करोड विद्युत् महसुल तिर्दै आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणाअनुसार होङ्सीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट-सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किटमात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रिड महाशाखाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच