काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा, धनकुटा र गुर्जुधारा शाखाको संयोजनमा बाढीपीडितलाई राहत सामग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका गरी ४५ घर परिवारका बाढीपीडितलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रतिपरिवार ३० केजी चामल, दाल र नुन दुई÷दुई केजी, तेल दुई लिटर र साबुन चारवटाका दरले प्रदान गरिएको हो । त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएकाले कम्पनीले प्रतिघरपरिवार तीन बण्डल जस्तापाता र एक थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ । त्यस्तै झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीले विभिन्न सामाजिक, आर्थिक रूपान्तरणका क्रियाकलाप गर्दै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच