वासिङ्टन । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । ‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सिन साभेटले पत्रकारहरूलाई भन्नुभयो ।
इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ । ‘उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसंख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्य केन्द्रित आक्रमण गरेको थियो’, उहाँले बताउनुभयो ।
इजरायलले इरानमा गरेको आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भन्नुभयो, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच