काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैँलगत्तै प्रारम्भ गरिएको चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो ।
चलचित्रको दोस्रो चरणको छायांकन तिहारपछि कात्तिक २२ गते बाराबाट प्रारम्भ हुने निर्माता रौनक विक्रम कँडेलले जानकारी गराउनुभयो । चलचित्रको केही प्रतिशत छायांकन निर्माता कँडेलको गृहजिल्ला चितवनमा पनि गरिने जनाइएको छ ।
यो चलचित्र २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । चलचित्र मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया हुनुहुन्छ । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुनुहुन्छ भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधानसँगै चलचित्रमा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गर्नुभएको थियो भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहनु भएको छ ।
चलचित्रमा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वांगदेल, रवीन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ । रौनक विक्रम कँडेलको लगानी रहने यो चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा हुनुहुन्छ ।
फिल्म आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच