काठमाडाैं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरु खुलेका हुन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो । गत बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच