काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले तेस्रो विदेशी खेलाडीका रूपमा भारतीय मूलका अमेरिकन विकेटकिपर ब्याटर उन्मुक्त चन्दलाई अनुबन्ध गरेको छ । लुम्बिनीले सामाजिक सञ्जालमार्फत् ३१ वर्षीय चन्दसँग सम्झौता गरेको जानकारी दिएको हो । उमेर समूहमा भारतका लागि विश्वकप जितिसक्नुभएका चन्दले सिनियर टोलीका लागि भने खेल्न पाउनुभएको छैन । उहाँले अमेरिकी टोलीका लागि पनि खेल्नुभएको छैन ।
चन्दसँग अमेरिका, भारत, बंगलादेश, अस्ट्रेलिया र क्यानडाको फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उहाँले ९० टी-२० खेलमा सात अर्धशतक र तीन शतकसहित एक हजार ७९५ रन प्रहार गर्नुभएको छ ।
यसअघि टोलीले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस मुर्स र अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई भिœयाएको थियो । लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल हुनुहुन्छ । यसैगरी टोलीले नन्दन फडनिसलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच