सुर्खेतमा बालिकामाथि सामुहिक बलात्कार, पाँच जना पक्राउ

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । सुर्खेतमा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । उक्त आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अुसार पश्चिम सुर्खेतस्थित एक १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकाकालाई पाँच जनाले फरक फरक ठाउँमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको खुलेको छ । यस्तै एक जनाले बलात्कार प्रयास गरेको र एक जना साथमा गएर बोलाउने काम गरेको भन्ने कुरा आरोपीहरूले स्वीकारेका छन् ।

उपरीक्षक थापाका अनुसार एकै रात फरक–फरक ठाउँमा घटना भएकोले त्यसको विस्तृत अनुसन्धानमा प्रहरी लागेको छ । प्रहरीले अहिले आरोपीहरूको उमेर बुझ्न उनीहरूको जन्मदर्ताको प्रमाण पत्र खोजिरहेकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?