प्रदेश १ को लोकसेवाले माग्यो तीनसय बढी कर्मचारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ ।

स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ ।

दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?