नेप्से परिसूचक निरन्तर ओरालो, कारोबार रकममा पनि गिरावट

Read Time = 2 mins

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।

बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो ।

पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।

बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन् ।

नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यस्तै,श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ । तर यता एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । बुधवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?