काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानी माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिफिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटालीजस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले अलिपे प्लस नेटवर्कमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानी माध्यम प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहजरूपमा क्युआर पेमेन्ट गर्न सक्ने बैंकले जनाएको छ ।
यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यसअघि पनि बैंक र एनसिएचएलबीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि सम्झौता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच