खाद्यले तीन हजार खसीबोका, च्यांग्रा ल्याउने

Read Time = 2 mins

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि तीन हजार खसीबोका तथा च्यांग्रा ल्याउने भएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसीबोका तथा च्यांग्रा खरिद तयारी उपसमितिले छ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

घटस्थापनाको केही दिनअघि खरिद गरिएका खसीबोका तथा च्यांग्रा काठमाडौंमा आइपुग्ने र घटस्थापनादेखि बिक्री सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष प्रतिकेजी छ सय ४० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो । दशैंमा खसीबोेकाको अत्यधिक माग हुने कारण खसीबोकाको बजारमूल्य नियन्त्रणका लागि कम्पनीले हरेक वर्ष दशैंमा खसीबोका बिक्री गर्दै आएको छ ।

साथै कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । भदौ अन्तिम सातादेखि सञ्चालनमा आउने सहुलियत पसलमा चामल, दाल, गेडागुडी, दाल, आँटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछामासुलगायत वस्तु सहुलियत मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?