थाइल्याण्डसँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएको छ । पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पराजित भएसँगै नेपाल सन् २०२४ मा हुने ग्लोबल टी-२० छनोटमा पुग्नसमेत असफल भएको छ ।

जितको लागि १०६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमात्रै बनाउँन सक्यो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित १७ रन बनायो । यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुभयो । नेपालको सुरुवात राम्रो रहेन । ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा आउट हुनुभयो । दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु बर्मा र रुविना क्षेत्रीलाई आउट गराउनुभएपछि नेपाल संकटमा परेको थियो । इन्दु बर्मा तीन रन र कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट हुनुभएको थियो ।

पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको आशा लगभग सकिएको थियो । विन्दु रावल खाता नै खोल्न नसकी आउट हुनुभयो । पूजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट हुनुभयो ।

थाइल्याण्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिनुभयो । थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिनुभयो । नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिनुभयो । त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । थाइल्याण्डका लागि शीर्षक्रमकी ब्याटर नानपाट खोञ्चारोएनकाईले ६३ बलमा ४ चौकासहित ५९ रनको योगदान दिनुभयो ।

दोस्रो विकेटका लागि नानपाट खोञ्चारोएनकाई र नथाकन चान्थामले ६८ रनको साझेदारी गर्दै उक्त स्कोर गर्नुभएको हो । प्रमुख ब्याटर चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट हुनुभयो । नेपालकी पूजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिनुभयो । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?