मानुषी लघुवित्तको वार्षिक केन्द्र प्रमुख गोष्ठी

Read Time = 1 min

काठमाडौं । मानुषी लघुवित्तले बुधबार वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । लघुवित्तकी अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले गर्नुभएको थियो ।

उपप्रमुख डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गर्दैै महिला उद्यमशीलता विकासका लागि महानगरले गृहकार्य गरिरहेको बताउनुभयो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त राष्ट्रियस्तरको संस्था हो ।

२०७५ मंसिरमा स्थापना भएको लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखामार्फत् ३४ हजार चार सय ३२ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । हालसम्म संस्थाले ८४ करोड ८६ लाख बचत संकलन गरी एक अर्ब ५२ करोड लगानी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?