कैलाली । धनगढीमा “शनिवारे” मेला शुरु भएको छ । महिलालाई स्वरोजगार बनाउने उद्देश्य स्वरुप धनगढी उपमहानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै “शनिवारे” मेला औपचारिक रुपमा शुरु गरेको हो ।
प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने गरी उपमहानगरपालिकाले मेलाको शुभारम्भ गरेको हो ।
धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा मेलाको सुभारम्भ गरिएको हो । मेलामा ६ वटा स्टल राखिएका छन् । प्रत्येक शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताउनुभयो । ज्ञान, सीप कला भएर पनि ब्यवसाय गर्न नसकिरहेका धनगढी उपमहानगरपालिका भित्रका महिलाहरुलाई लक्षित गरेर मेला शुरु गरिएको उहाँले बताउनुभयो ।
'महिलाहरु आफैले उत्पादन गरेका बस्तुहरु, परम्परागत तथा मौलिक खानेकुराहरु, थारु, नेवारी, डोटेली लगायत हरेक जातजाती र क्षेत्रमा पाक्ने खानपिनका परिकार यो मेलामा हुने छन्' उहाँले भन्नुभयो 'यसका साथै महिलाहरुमा भएको सिप कलालाई बजारमा ल्याउने, लोप हुँदै गएको संस्कृतिको जगेर्ना पनि मेलाको उद्देश्य रहेको छ, यो सँगै घरमै तयार पारिएका सामग्री बिक्रि गरेर महिलाहरु आत्मनिर्भर बन्द जाने छन् ।'
घरमै बुनेको ढाकाको झोला, घरमै बनाएको धुप, दुना टपरी, बुनेका समानहरु सहित खाद्य परिकार गरी ६० स्टल रहेको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले निशुल्क स्टलहरुको ब्यवस्था गरेको छ । यसका साथै खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्था समेत उपमहानगरपालिकाले गरेको छ ।
धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिबारे महिला उद्यम बजारको व्यवस्था गरेको हो । यो बजारमा तपाइले जानेका परम्परागत खानाहरू, सीपहरू, तपाइले उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ/संस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरूका लागि यो बजार हो । सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दैछाैँ।”
व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइएको छैन । नगर उपप्रमुख कन्दकला कुमारी रानाले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालन गरेको बताउनुभयो । अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगर उपप्रमुख रानाले बताउनुभयो । रानाले अब महिलाहरुलाई उद्यमी बनाउने खालको तालिम समेत दिइने जानकारी दिनुभयो ।
युवाका लागि रात्रिकालीन बजार
उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताउनुभयो । धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भएको पढ्दै कमाउदै कार्यक्रमको कार्यान्वयन गर्ने तयारी भइरहेको छ । युवाहरूले रातिको समयमा व्यापार गर्ने र दिउँसोको समयमा कलेजमा अध्ययन गर्न जाने योजना अनुसार काम थालिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच